छोरा गुमाएको पीडामा बाबुले गरे आत्महत्या

108
  •  
  •  
  •  

पाल्पा । पाल्पामा छोरा गुमाएको पीडामा एक बृद्धले आत्महत्या गरेका छन् ।

हृदयघातका कारण गत शनिबार छोराको ज्यान गुमाएपछि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाका बाबु ६५ वर्षीय भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका हुन् ।

रामपुर नगरपालिका–१० हेक्लाङ्मा सोमबार एका बिहानै भिमराजले घर नजिकै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पाल्पाको नर्सिङ कलेज, मिलेनियम कलेजमासमेत अध्यापन गराउने कृष्ण तिमिल्सिना तानसेनस्थित सूर्योदय केवल टेलिभिजनका अध्यक्ष समेत हुन् ।

४० वर्षको उमेरमै छोराको ज्यान गएपछि कृष्णका बुवा विक्षिप्त भएका थिए ।


  •  
  •  
  •