भागदौडमा कम्तीमा ३१ को मृत्यु, १ सय बढी घाइते

70
  •  
  •  
  •  

एजेन्सी । इराकी शहर कार्बालामा सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । सो घटनामा भागदौडका क्रममा कम्तीमा १ सय जना घाइते भएका छन् ।

सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बगदादबाट करिब १ सय किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको ज्यान गएको हो ।

घटनास्थलबाट केही धर्मावलम्वीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको छ । घटनामा मृत्यु हुनेको संख्या केही बढ्नसक्ने अनुमान गरिएको छ ।

कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक वर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् ।


  •  
  •  
  •