कुटपिटका कारण मजदुरको मृत्यु, तीन जना पक्राउ

152
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१०, कपनमा ठेकेदारको कुटपिटबाट एक श्रमिकको ज्यान गएको छ ।
मंगलबार राति भएको घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक राई प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आएका थिए ।

कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई मंगलबारराति नै पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •