पूर्वमन्त्री नेपालीको निधन

215
  •  
  •  
  •  

धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं पूर्वमन्त्री गणेश नेपालीको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो ।

पूर्व खेलकुद मन्त्रीसमेत रहनु रहेका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आएका थिए ।

विक्रम संवत् १९९९ सालमा जन्मनु भएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएसँगै आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्न र लेख्न थालेका थिए । २०४४ सालमा नेपाली कांग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उनी २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर थिए ।

राजनीतिब यात्रासँगै उनी २०५२ सालमा तत्कालीन एमालेमा आबद्ध भएका थिए
। यद्यपि एमालेसँगको आबद्धता २०६४ सालमा तोडेर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका नेपाली पहिलो संविधान सभाको निर्वाचनमा सभासदमा निर्वाचित भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री भएका थिए । पछिल्लो समय उनी राष्ट्रिय जनता पार्टीमा आबद्ध थिए ।


  •  
  •  
  •