रहेनन् भारतीय पूर्व वित्तमन्त्री जेटली

286
  •  
  •  
  •  

काठमाडौं । भारतीय पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ ।

६६ वर्षीय जेटलीको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले जनाएको छ ।
स्वास लिनमा समस्या भएपछि गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो ।

किड्नी ट्रान्सप्लान्ट गरिसेकका जेट्ली क्यान्सरका बिरामी पनि थिए । जेट्लीको सफ्ट टिस्यु क्यान्सरको उपचार भइरहेको थियो । उनी यस सम्बन्धी रोगको उपचारको लागि गत जनवरी १३ मा न्युयोर्क गएका थिए भने फ्रेबुअरीमा फर्किएका थिए ।

जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन् ।  उनले ट्वीटमार्फत् भनेका छन्‘मैले सिनियर पार्टी लिडरलाई मात्र गुमाएको छैन, मैले त्यो अभिभावकलाई गुमाएँ जसले मलाई राम्रो दिशातर्फ गाइड गरिरहन्थे ।’


  •  
  •  
  •