बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु

188
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा तीनजनाको मृत्यु भएको छ ।

गार्लिक फुड फेस्टिवलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका (नेपाली समय अनुसार सोमबार बिहान) घटना भएको हो ।

अन्दाजी ३५ वर्षका गोरो वर्णका पुरुष व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •