चट्याङले लियो ज्यान

83
  •  
  •  
  •  

मकवानपुर २४ भदौ (ओएनएस) : चट्याङ लागेर मकवानपुरमा आमाछोरीको मृत्यु भएको छ । मकवानपुरको वेतिनी गाविस ५ बरबोटमा गएराति चट्याङ लागेर सीता प्रजापति र उनकी छोरीको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी नायब उपरीक्षक चन्द्रनारायण त्रिपाठीले दिएको जानकारी अनुसार चट्याङमा परी चार जना घाइते छन् ।

घटनास्थलतर्फ प्रहरी टोली जाँदै छ । फापरबारी ईलाका प्रहरीबाट घटनास्थल पुग्न चार घण्टा लाग्छ ।

मकवानपुरमा ५ महिनायता मात्रै चट्याङमा परी नौ जनाको मृत्यु भएको छ । यो अवधीमा ११ जना घाइते भएको तथ्यांक छ ।

 


  •  
  •  
  •