दिल्लीकी पूर्व मुख्यमन्त्री दीक्षितको निधन

73
  •  
  •  
  •  

एजेन्सी । दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको छ ।
शनिबार अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार शुक्रबार स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनमा मुटुको समस्या पहिल्यैबाट भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

दीक्षित कांग्रेसकी नेत्री थिइन् । उनले तीनपटक दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।


  •  
  •  
  •