जंगली च्याउ खाँदा १ को मृत्यु

713
  •  
  •  
  •  

अछाम । अछाममा जंगली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।

फाइल तस्बिर
अछामको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जंगली च्याउ खाँदा स्थानीय ६ वर्षीया मनिषा बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका जंगलबाट ल्याएको च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले बताए ।

जंगली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको  प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •