उद्यमी प्रभाकर शम्शेर राणाको निधन

236
  •  
  •  
  •  

काठमाडौं । उद्यमी तथा व्यवसायी प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।
राणाको उपचारको क्रममा अमेरिकामा निधन भएको हो ।

उनी एक वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित थिए । राणा सोल्टी होटलका संस्थापक अध्यक्ष हुन् । उनले दर्जनौँ व्यवसायको नेतृत्व समेत गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहका व्यावसायिक साझेदार समेत रहेका राणाले सोल्टीसहित सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, हिमाल इन्टरनेसनल पावर लगायतका कम्पनीको स्थापनामा मुख्य भूमिका खेलेका थिए ।


  •  
  •  
  •