घरैमा चिप्लिएर मृत्यु

393
  •  
  •  
  •  

इलाम, १९ भदौ : घर लिप्दै गर्दा चिप्लिएर इलामको साङरुम्बामा एक महिलाको मृत्यु भएको छ ।

चिप्लिएर घाइते भएकी साङरुम्बा–८ की ५७  वर्षीया इन्द्रकुमारी रायको उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै घर लिप्दा चिप्लिएर मुर्छा परेकी रायलाई निकै बेरपछि आफन्तले भेटेर नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । तर त्यहाँ उनको उपचार हुन नसकेपछि जिल्ला अस्पताल पठाइएको थियो ।


  •  
  •  
  •