बाटो मर्मतको माग गर्दा एक जनाको ज्यान गयो

91
  •  
  •  
  •  

बारा २५ असोज (ओएनएस) :बारामा सशस्त्र प्रहरी र स्थानीयबासीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ–कलैया सडक मर्मतको माग गर्दै प्रर्दशनमा उत्रिएका स्थानीबासी र सशस्त्र प्रहरीबीच बारा हरिहरपुरको गण्डक नहर नजिक झडप हुँदा स्थानीय जयनारायण पटेलको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

तोडफोडमा उत्रिएकालाई नियन्त्रणमा गएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीलाई रोकपछि झडप भएको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए । झडपका क्रममा प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । स्थानीयको ढुंगा प्रहारबाट १५ जना प्रहरी घाईते भएका छन् । दुईजना स्थानीयवासी घाईते भएका छन् ।

स्थानीयवासीले सडक मर्मतको माग गर्दै प्रर्दशन गर्नुका साथै यातायात अवरुद्ध गरेका   थिए । आक्रोशित स्थानीयले २ वटा गाडीमा तोडफोड गरेका छन् । सडक मर्मतको माग गर्दै सिम्रौनगढबासी ४ दिनदेखि आन्दोलनमा छन् । स्थिति तनावपूर्ण बन्दै गएपछि बेलुकी ६ बजेसम्मका लागि कफ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।


  •  
  •  
  •