कञ्चनपुरमा सशस्त्र प्रहरी जवान मृत फेला

345
  •  
  •  
  •  

kanchanpur

महेन्द्रनगर, ८ भदौ (ओएनएस) : कञ्चनपुरस्थित राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीमा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृत्यु अवस्थामा फेला परेको छन् ।

भिमदत्त नगरपालिका वडा नम्बर ३ स्थिायी घर भएका २५ वर्षीय कुँवर भिमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुर नजिकै बिहीबार विहान सडकबाट केही तल मृत अवस्थामा फेला परेका हुन् ।

उनी बुधबार कार्यलटबाट काम सकेर साँझ घर फर्केको राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

उनले प्रयोग गर्ने २ प ६२३ नम्बरको मोटरसाइक समेत घटनास्थल नजिकै फेला परेको छ । घटना हत्या हो दुर्घटना भन्नेबारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । मृतक कुँवरकी श्रीमती र ५ वर्षीया एक छोरी छन् । मृतक कुँवरका श्रीमती पनि सशस्त्र प्रहरीमै कार्यरत रहेको बताइएको छ ।


  •  
  •  
  •