सिरहामा वेवारिसे लास भेटियो

440
  •  
  •  
  •  

dead-bodyसिरहा, पौष २२ (एजेन्सी) : सिरहामा वेवारिसे अवस्थामा लास भेटिएको छ । उक्त लास पुरूषको भएको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिकास्थित चन्दअयोध्यापुरको राजमार्ग छेउमा ती पुरूषको लास भेटिएको हो । नाम ठेगाना खुल्न नसकिएको उक्त पुरूषको शरिरका कपडा च्यातिएको अवस्थामा छ । ती व्यक्तिको मानसिक सन्तुलन बिग्रेको हुन सकिने स्थानियबासीले जानकारी दिएका छन् । सडकको छेउमा रहेको उक्त लासको नजिक गाडीको सिसाका पनि भेटिएको छ तर लासमा कुनै पनि किसिमको चोटपटक भने देखिएको छैन् ।

लास पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिरहा लगिएको छ । घटनाबारे थप अनुसंन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •