यस्तो प्रयोगशाला जहाँ खुला आकाशमुनी राखिन्छ शव…(तस्विरसहित)

511
  •  
  •  
  •  

dead body farmकाठमाडौ, मंसिर(एजेन्सी) : सामान्य रूपमा शवहरूलाई फ्याल्नुलाई मेडिकल नियमविरूद्ध मानिन्छ । तर, विश्वमा एउटा यस्तो ठाऊँ छ जहाँ साइन्टिफिक रिसर्चका लागि एक साथ कयौ शवहरू खुला आकाश मुनी राख्ने गरिन्छ ।

मृत शरिरको प्रयोग गर्ने प्रयोगशालाहरूले विभिन्न खालका परिक्षण गर्छन् । यस्तै, प्रयोगशालाको रूपमा रहेको छ, टेक्सास विश्वविद्यालयको फरेन्सिक एन्थ्रोपोलोजी सेन्टर, जहाँ खुला रूपमा राखिएका शवहरूको परिक्षण गरिन्छ । उक्त सेन्टरमा शव नष्ट हुने प्रक्रिया, ब्याक्टेरियल इन्फेक्ट्स र अन्य परिक्षण तथा अनुसन्धान गरिन्छ ।

dead body farm1टेक्सास विश्वविद्यालयको यो प्रयोगशाला १६ एकड क्षेत्रफलमा फैलिएको छ । उक्त प्रयोगशालामा करिब ५० वटा नाङ्गा शवहरू आकाश मुनि राखिएका छन् । यहाँ मानव शरिरको डिकम्पोज हुने प्रक्रियाको अध्ययन गरिन्छ । यहाँ फरक-फरक मौसमका क्रममा विद्यार्थीहरूले दान गरिएका मृत शरिरहरूको अध्ययन गर्छन् ।

जब यहाँ नयाँ मृत शरिर पुग्छ, तब सबैभन्दा पहिले त्यसलाई सफा गरिन्छ । यसपछि उक्त शवलाई फर्मको खुला ठाऊँमा राखिन्छ । फर्ममा केही मृत शरिर नग्न अवस्थामा नै राखिन्छ भने केहीलाई भने छोपेर राखिन्छ । ती शवहरुलाई कुनै नोक्सान नपुगोस् भन्नका लागि जालिले ढाकेर राख्ने गरिन्छ । यस प्रयोगशालाको निगरानी हाइ सेक्युरिटी सिस्टमबाट गर्ने गरिन्छ ।


  •  
  •  
  •  

Comments are closed.