भिलियर्सले एकै इनिङमा बनाए तीब्र शतक र अर्धशतकको विश्वकीर्तिमान

77
  •  
  •  
  •  

AB४ माघ (एजेन्सी) :  दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डि–भिलियर्सले एकदिवसीय खेलको एकै इनिङम तीब्र शतक र अर्धशतक बनाउने विश्वकीर्तिमान बनाएका छन् ।

जोहानेस्वर्गमा सोमबार भएको खेलमा भिलियर्सले वेस्ट इन्डिजबिरुद्ध ३१ बलमा शतक प्रहार गर्दै अहिले सम्मकै छिटो शतका बनाउने कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान न्युजिल्यान्डका कोरि एन्डर्सनले बनाएका थिए । एन्डर्सनले वेस्ट इन्डिजबिरुद्ध अघिल्लो वर्ष ३६ बलमा शतक प्रहार गरेका थिए ।

त्यसअघि पाकिस्तानका शाहिद अफ्रिदीले श्रीलंकाबिरुद्ध १९९६ मा ३७ बलमा शतक बनाएका थिए । भिलियर्ससले १६ बलमा अर्धशतक बनाउँदै सबै भन्दा छिटो अर्धशतक बनाउने विश्वकीर्तिमान पनि बनाए । यसअघि यो रेकर्ड श्रीलंकाका सनथ जयसूर्याले पाकिस्तानबिरुद्ध १९९७ मा १७ बलमा अर्धशतक प्रहार गरेका थिए ।

४४ बल खेलका भिलियर्स १६ छक्का र ९ चौका प्रहार गर्दा १४९ रन बनाए । खेलमा दक्षिण अफ्रिकाले हासिम अम्लाको नटआउट १५३ र रिली रस्सको १२८ शतकीय पारीको मद्दतमा ४३९ रनको योगफल खडा गर्यो ।


  •  
  •  
  •