नेपाली युवा दिवेश अमेरिकन आइडलको फाइनलमा

60
  •  
  •  
  •  

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि शुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन् । २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । ६ वर्षअघि अमेरिका गएका हुन् ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •