‘आफ्ना बालबालिकासँग सामिप्यता बढाऔँ’

796
  •  
  •  
  •  

हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावले लामो समय देशमा बन्दाबन्दीको अवस्था रहेकाे छ ।

अझैँ कति स्थानीय तहले बन्दाबन्दी कायम राखेका छन् भने काठमाडौं उपत्यकामा निषेधाज्ञा केहि खुकुलो भएपनि अझै कायम रहेको छ ।

शुरु–शुरुमा सबै घर परिवार एकै ठाउँमा समय बिताउन पाउँदा बालबालिका दंग परेका थिए । जब सरकारले बन्दाबन्दी बढाउँदै लग्यो अनि बालबालिकाहरु एउटै कोठामा बस्दा बस्दै अत्यासिन थालेका छन् ।

विशेषगरी साना उमेरका बालबालिका बढी जिज्ञासु हुन्छन् । उनीहरुको उमेर नै जिज्ञासु उमेर हो । त्यसैले उनीहरु बारम्बार प्रश्न गरिरहन्छन् ?  किन घरभित्र बस्नु परेको छ ? तपाई किन काममा नजानुभएको ? के हो कोरोना भनेको ?, त्यसले के गर्छ ?, कसरी सुरक्षित रहने जस्ता प्रश्न सोधिरहन सक्छन् ।

उनीहरुलाई बुझाउन गाह्रो छ तर अभिभावकले प्रयास गर्न अतिआवश्यक छ । यो समयमा अभिभावक र बालबालिकाको सम्बन्ध राम्रो भएन भने मनोवैज्ञानिक असर पर्न सक्ने मनोविद्हरु बताउँछन् ।

कतिपय अभिभावकहरु समाजमा अझैँ अशिक्षित छन् । तिनीहरुले बालबालिकाको समस्यालाई बुझ्दैनन् ।  तिनीहरुले बालबालिकालाई अनुशासित बनाउने निहुँमा कुटपिट गर्ने, हप्काउने, डराउने गरेको पाइन्छ । जसले कोरोना भाइरसको यो अवस्थामा उनीहरुमा मानसिक र शारिरीक असर पर्न सक्छ ।

यस्तो अवस्थामा उनीहरुको चित बुझाउन उनीहरुले बुझ्ने भाषामा सम्झाई–बुझाई  गर्नुपर्ने देखिन्छ । उनीहरु एउटै कोठाभित्र बस्दा पनि दिक्क मान्ने, सँधै मोबाइल, टिभी हेरेर, गुडीयासँग खेलेर मात्र बस्न सक्दैनन् ।

उनीहरु साथीहरुसँग खेल्न हिँड्डुल गर्न रुचाउँछन् । आफ्ना अभिभावकलाई बाहिर घम्न जान आग्रह गर्छन् । नमानेमा रिसाउने,झर्कने गरेको पाइन्छ । तर यो विषम परिस्थितिमा  घर बाहिर जान बन्द छ ।

अर्कोतर्फ काठमाडौं जस्ता ठूला शहरहरुमा आफु र आफ्ना बालबालिकाहरुको भविष्यका लागी धेरै अभिभावक कोठा भाडामा लिएर बसीरहेका छन् ।

यस्तो अवस्थामा ती बालबालिकालाई डुलाउने, फ्रेस गराउने ठाउँ भनेकै घरको छत हो । धेरै जसो घरधनिले छतमा जानै दिँदैनन् । दिइहालेपनि यस्तो अवस्थामा छतमा बालबालिका खेल्दा, यताउता दौडदा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

अर्को बालबालिकाको ज्ञान प्राप्त गर्ने साथीहरुसँग घुलमिल हुने एकमात्र माध्यम हो विद्यालय । जुन कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द छन् । आफैँ पढ्नुपर्छ भन्ने भावनाको विकास भइसकेको हुँदैन । सबैजसो अभिभावकले उनीहरुलाई लेख्न पढ्नमा ध्यान केन्दित गर्न सकेको पाइदैँन । विद्यालय जाने उमेरका बालबालिका कोभिड –१९ का कारण घरभित्रै रहन बाध्य हुँदा उनिहरुको शारीरिक तथा मानसिक विकासमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

कोठा नजिकै बस्ने एक दिदीले मलाई भन्नुभयो ‘भाई मेरो त छोराछोरीलाई अब के गर्ने होला ? पुरानो किताब पढ्न मान्दैनन् । नयाँ पाठ्यक्रम आएको छैन ।’

अनलाईनबाट कक्षा शुरु भयो तपाईको बच्चालाई कक्षा लिन लगाउनुहोस् । फोन आयो र मैले भोलीबाट कक्षा लिन लगाए । दुई, तीन दिन ठिकै थियो तर केही दिनपछि वाइफाइको फुल टावर देखाउँछ तर घुमी मात्र रहने । यतिन्जेल बच्चाको ध्यान अकैतिर गइसकेको हुन्छ । उहाँ अनलाइन कक्षा त्यति प्रभावकारी नभएको बताउनुहुन्छ ।

यो शहरको कुरा भयो । अझ हाम्रो गाउँघरको अवस्था कस्तो होला ? यो त खालि प्रक्रिया पूरा गर्ने प्रक्रिया जस्तो मात्र भयो । यसले पनि बालबालिकाका लागी समस्याको रुपमा रहेको छ । बालबालिका भोलिका कर्णाधार हुन् । त्यसैले उनीहरुलाई अहिलेको अवस्थामा जतिसक्दो ध्यान दिनु अभिभावकको कतव्र्य हो । यतिखेर बालबालिकाको शारीरिक, मानसिक अवस्था बुझ्न जरुरी छ ।

यसका लागि के गर्न सकिन्छ ?

  • अभिभावकले इमानदारीताका साथ उनीहरुको जिज्ञासाको जवाफ दिनुपर्ने देखिन्छ ।बच्चाहरुलाई जानकारी दिनुपर्छ । केही भइरहेको छ भने पनि वास्तविकता उनीहरुले बुझने गरि बताउने ।

  • बालबालिकाका प्रश्न धेरै हुन्छन् त्यसलाई व्यवस्ता नगर्ने । थाहा भएजति जवाफ दिने र बालबालिकाको लागी दैनिक कार्यतालिका बनाउने, जस्तो कोठाभित्रै पढ्ने, लख्ने, खाने, टिभी हेर्ने तालिका बनाएर व्यवहारमा कार्यान्वयन गराउने ।

  • घरको काम गर्न दिने, आफ्नो काम आफैँ गर्न लगाउने, तरकारी केलाउन, सफा गर्न आफ्ना कपडा धुन लगाउने । बालबालिककालाई युट्युब तथा टिभीमा स्वतन्त्र सामग्रीहरु हेर्न दिनुहुँदैन । यस्ता सामग्रीले बाल मनोविज्ञानमा नकारात्मक असर पार्न सक्र्छ ।

  • बालबालिका वा बच्चाहरुका लागी बनाएका सामग्री मात्र हेर्न दिने । जे पायो त्यो हेर्न दिएमा बच्चा नकारात्मक कुलतमा फस्न सक्छन् । यसमा विशेष ध्यान दिनुपर्छ । कोठाको व्यवस्था मिलाई बालबालिकालाई पेन्ट गर्न, कलर गर्न लगाउने, घरभित्रका खेलहरु जस्तो लुडो, चेस, म्याथमेटिकल गेम लगायत खेलाउने ।

  • राम्रा राम्रा गीत संगित सुन्न दिने । नृत्य गर्ने, योग गर्ने र गराउने गीत गाउन लगाउने । लकडाउन  छ बाहिर महामारी छ भनि चिन्ता नहुने रचनात्मक हुने सकरात्मक सोच राखने र बालबालिकालाई पनि सकारात्मक हुन प्रेरित गर्ने ।

  • अभिभावकले आफ्ना बालबच्चाका लागी यो समय निकै महत्वपूर्ण भएको महसुस गरी उनीहरुसँग समय बिताउने । यति बेला कति अभिभावकहरुको रोजगार गुमेकाले, रोजगार नभएकाले पनि अभिभावकलाई  पनि तनावमा छन् ।

  • आफु र आफ्ना बच्चा दुबैको समस्यालाई मध्यनजर गदै सामिप्यता  बढाउन सके बन्दाबन्दीको समस्याबाट सहजैमुक्त हुनसक्छौँ ।

    यसर्थ, बालबालिकालाई अभिभावकले सहयोगी वातावरण दिनुपर्ने देखिन्छ भने बालबालिकाले कोरोनालाई त्रासका रुपमा नलिइ सुरक्षित रही शैक्षिक क्रियाकलापमा संलग्न हुनुपर्ने देखिन्छ ।


  •  
  •  
  •