विविध कार्यक्रम गरि ‘एनआरएन डे’ मनाइदै

135
  •  
  •  
  •  

काठमाडौँ, २३ असोज (ओएनएस) : संसारभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ ।

असोज २५ गते काठमाडौमा मनाउन लागेको दिवसमा विभिन्न देशबाट २ सयभन्दा बढीको सहभागिथता रहनेछ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस (एनआरएन डे) भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष त्यसै दिन गैरआवासीय दिवस मनाउने गरिन्छ ।

यस बर्षको गैरआवासीय नेपाली दिवस (एनआरएन डे) अक्टोबर ५ देखि १४ अक्टोबरसम्म विविध कार्यक्रम गरि काठमाडौमा मनाइदैछ । यसै अनुरुप १० अक्टोबरका दिन शंखमूल घाटमा एनआरएन गार्डैनको शिलान्यास गरिनेछ । अक्टोर ११ का दिन स्यंवुनाथ र पशुपतिमा पूजा गैरआवासीय नेपालीको लगानीमा निर्माणधिन शेराटन काठमाडौं हाटेलको शिलान्यास एवं विभिन्न परोपकारी कार्य हस्तान्त्रण गरिनेछ ।

‘एनआरएन डे’ मूल समारोह समितिका अनुसार दिवसको सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाद्धारा होटल याक एण्ड यतीमा अक्टोबर ११ का दिन दिउँसो २ बजे सम्उद्घाटन हुने कार्यक्रम छ । यसका अतिरिक्त बाढी पिडितलाई सहयोग, खुला विश्वविद्यालय सम्बन्धि कार्यपत्र, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशीक रोजगार सम्बन्धि उद्धार कार्यक्रम, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीपको रुपान्त्रण, विज्ञान तथा प्रविधि सम्बन्धि कार्यपत्रहरुमा छलफल समेत गरिनेछ ।


  •  
  •  
  •