फुटबलर डेबिड बेकह्याम काठमाडौँमा

256
  •  
  •  
  •  

bacakmकाठमाडौँ, २० कात्तिक(ओएनएस) : चर्चित फुटबल खेलाडी डेविड बकह्याम काठमाडौँ आएका छन् । बीबीसीले निर्माण गर्न लागेको एक डकुमेन्ट्री सुटिङका लागि उनी काठमाडौँ आएका हुन् ।

बीबीसीले निर्माण गर्न लागेको ‘सेभेन सेभेन सेभेन’ डकुमेन्ट्री सुटिङका लागि उनले आज भक्तरपुर दरबार स्कवायरमा जाने र त्‍यहाँका बालबालिकाहरुसँग टोकन म्‍याच खेल्‍ने छन् ।

बीबीसीले सात वटै महादेशमा फुटबल खेलेर बनाउन लागेको डकुमेन्ट्रीका लागि उनी पपुवा न्यु गिनीबाट नेपाल आएका हुन् । उनी भक्तपुरबाट द्वारिका होटेल फर्किने र शनिबार फर्किने छन् ।


  •  
  •  
  •