देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, गठबन्धनको बैठक भोली बस्ने

148
  •  
  •  
  •  


काठमाडौं । सत्ता गठबन्धनका तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ ।

यस्तै भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।

तीन नेताबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको पनि बताइएको छ ।

साथै स्थानीय तह निर्वाचनका विषयमा पनि तीन नेताबीच छलफल भएको जनाइएको छ । उनीहरुबीच चुनाव ऐन संशोधनबारे पनि छलफल भएको बताइएको छ ।

स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्ने गरी मिति तोक्न प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवामाथि निर्वाचन आयोगसहित प्रतिपक्षी दल एमालले चर्को दबाब दिइरहेका छन् ।

तर सत्ता साझेदार दलहरु भने वैशाखमा स्थानीय तहको चुनाव नगर्ने पक्षमा छन् । जसका कारण सत्तारुढ दलका नेताहरुले चुनाव सार्न प्रधानमन्त्री देउवालाई दबाब दिइरहेका छन् ।


  •  
  •  
  •