एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

54
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
देउवा हेलिकोप्टरबाट चितवन जाने तय भएको हो । नारायणी नदी किनारमा हुने महाधिवेशन उदघाटन सत्रमा सम्बोधन गरेर दिउँसो देउवा काठमाडौं फर्कने चितवन प्रशासनले जनाएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वा राजेन्द्र महतोपनि उदघाटन समारोहमा सहभागी हुने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने जाने या अरु प्रतिनिधि पठाउने निश्चित भएको छैन ।


  •  
  •  
  •