कूटनीतिक पहल नगर्दा तराईमा डुवान : सभापति देउवा

79
  •  
  •  
  •  

इटहरी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कूटनीतिक पहल नगर्दा तराईका जिल्लाहरु डुवानमा परेको बताएका छन् ।

शनिबार इटहरीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा सभापति देउवाले प्रत्येक वर्ष भारतिय बाँधका कारण नेपाली भुभाग डुवानमा परेपनि सरकारले त्यसका लागि कूटनीतिक पहल नगरेको बताए ।

सभापति देउवाले आफु डुबानग्रस्त क्षेत्रहरुमा पुग्दा सरकारको उपस्थिती समेत नदेखेको बताए । उनले शुक्रबार सिरहा र सप्तरी र शनिबार सुनसरीका बाढी र डुवान प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।


  •  
  •  
  •