सरकारले राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न लगायो : देउवा

317
  •  
  •  
  •  

काठमाडौं, २२ वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई पटक–पटक विवादमा तानेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर विवादमा पारेको आरोप लगाए ।
उनले सरकार अघिल्लो सरकारले गरेका सबै कामलाई आफूले गरेको भनी प्रचार गर्न केन्द्रित रहेको बताए ।

बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

उनले आफूले गराएको रुलिङ पालना गराउने जिम्मेवारी सभामुखको पनि भएको बताए । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गराएका छन् ।
राजपा र नेपाल मजदुर किसान पार्टीका सांसदले पनि संशोधनको सुचना दर्ता गराएका छन् । नीति तथा कार्यक्रममाथि ६ वटा संसोधन संसद सचिवालयमा दर्ता भएका छन् ।


  •  
  •  
  •