छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्ष कैद

188
  •  
  •  
  •  

काभ्रे, २२ पुस (ओएनएस) : जिल्ला अदालत काभ्रेले छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष कैद र रु दुई लाख क्षतिपूर्तिको फैसला सुनाएको छ ।

अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले पनौती नगरपालिका–३ का ४१ वर्षीय प्रकाश कार्कीलाई मुलुकी ऐन जर्बजस्ती करणअन्तर्ग आठ वर्ष र जर्बजस्ती करणी र हाडनाता करणी मल बमोजिम थप १० वर्षसहित १८ वर्ष कैदको फैसला भएको हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितले गत असोज २ गते जर्बजस्ती करणी र हाडनात करणीसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।

प्रहरीले बलात्कारको घटनामा कार्कीलाई पक्राउ गरेपछि पीडितका हजुरबाबुले घटना बाहिर आउने डरले आत्महत्या गरेका थिए ।


  •  
  •  
  •