विवेक ओवरायको घरमा छोरी

380
  •  
  •  
  •  

vivek oberoi and priyanka alvaकाठमाडौ/ बैशाख : विकेक ओबरायको घरमा लक्ष्मी भित्रिएकी छिन् । मंगलबार विकेक ओबरायकी पत्नी प्रियंका अल्वाले छोरीलाई जन्म दिएकी हुन् ।

विकेक ओबरायले यो खुसीको खबर आफैले सार्वजनिक गरेका थिए । विवेक र प्रियंकाकी छोरीको जन्म बेङ्ग्लोरमा भएको थियो । विकेकले भनेका छन्, ‘मेरो घरमा छोरीको जन्म भएको छ र अब मेरो परिवार पूर्ण भएको छ । छोरीहरू निकै खास हुन्छन्, प्रियंका र म दुवै निकै खुसी छौ । आमा छोरीको स्वास्थ्य अवस्था पनि राम्रो छ र म सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु ।’

विवेक प्रियंका र छोरीको साथ केही समय बेङ्ग्लोरमा बिताउने छन् । विवेकको २ वर्षका एक छोरा पनि छन् । विकेटलाई ट्वीटरमा सबैभन्दा पहिले फराह खान र मिलाप जावेरीले शुभकामना दिएका छन् ।


  •  
  •  
  •