बलिउड अभिनेत्री तनुश्रीलार्इ लिएर नाना पाटेकरले खोले मुख, हुने भयाे अब वारपारकाे लडार्इ!

533
  •  
  •  
  •  

काठमाडौं, १२ असाेज (एजेन्सी) : बलिउड अभिनेता नाना पाटेकर यतिबेला याैन अाराेपलार्इ लिएर तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले नाना पाटेकरमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउडमै उथलपुथल भएकाे छ। कतिपय बलिउड कलाकार नाना पाटेकरकाे समर्थनमा छन् भने कतिपय विपक्षमा छन्।

१० वर्षअगाडि एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यबहार गरेको तनुश्रीले बताएकी छन् । उनको आरोपमा अहिलेसम्म मौनता साँधिरहेका नानाले बिहीबार पहिलोपटक मुख खोले । उनले आरोप अस्वीकार गरे ।

‘त्यो बेला सेटमा करिब १ सय जना मानिसहरु थिए । यत्रो भिडभाडका बीच मैले नायिकालाई कसरी यौन दुर्व्यवहार गर्न सक्छु रु’ उनले भने । साथै उनले नायिकाविरुद्ध आफू कानूनी प्रक्रियामा जाने पनि संकेत गरेका छन् ।

यसैबीच १० वर्ष अगाडिको घटनाकी प्रत्यक्षदर्शी एक पत्रकारले नायिकाले दिएको अभिव्यक्ति सही भएको बताएकी छन् ।

जेनिस सिकेरिया नाम गरेकी पत्रकार ट्विटरमा लेख्छिन्, ‘कतिपय पुराना घटना पनि मस्तिष्कमा ताजा रहन्छन् । यो पनि त्यस्तै एउटा घटना हो । त्यतिबेला म फिल्मको सुटिङ स्थलमा नै थिएँ । आज तनुश्री जे भनिरहेकी छन्, मलाई त्यही बेला अनौपचारिक रुपमा भनेकी थिइन् । उनी मसितको कुराकानीमा खुब रोएकी थिइन् ।’

अभिनेता नाना पाटेकरले यस्ताे गरेपछि यी नायिकाले मचाइन् सुटिङ सेटमै हल्ला!

 

 

 

 


  •  
  •  
  •