दाता सम्मेलनमा दुई छिमेकी प्रधानमन्त्री बोलाउन सरकारको औपचारीक पत्र

134
  •  
  •  
  •  

काठमाडौं २७ जेठ (ओएनएस) : छिमेकी देश भारत र चीनका प्रधानमन्त्रीलाई दाता सम्मेलनमा सहभागि गराउन सरकारले निम्तासहित मन्त्रीलाई खटाउँदैछ । भारतका प्रधानमन्त्रीलाई निम्ता दिन अर्थमन्त्री रामहरण महत र चीनका प्रधानमन्त्रीलाई निम्ता दिन परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई खटाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता दिन अर्थमन्त्री महत आज निम्तापत्र बाकेर दिल्ली जादै छन् । प्रधानमन्त्री सुशील कोइरालाको निम्तापत्र लिएर अर्थमन्त्री महत आज भारत जान लागेका हुन् । ।

सरकारले दाता सम्मेलनमा पुनर्निर्माणको प्रस्ट नीति र कार्यक्रम देखाएर सहयोग माग्ने बताएको छ । समग्र क्षतिको विवरण आउनासाथ पुनर्निर्माण कार्यक्रम, योजना र प्याकेज तयार गरिनसरकारले संसदलाई पनि जानकारी गराइसकेको छ । असार १० गते हुने दाता सम्मेलनमा जतिसक्दो धेरै दातृ राष्ट्रका प्रतिनिधि सहभागी गराई सहयोग रकम जुटाउने तयारीमा सरकार लागेको छ । चीनका प्रधानमन्त्रीलाई पनि दाता सम्मेलनमा निम्ता दिइनेछ ।

परराष्ट्रमन्त्री महेन्द्र पाण्डे निम्ता दिन चीन जानेछन् । विभिन्न सहयोगी मुलुकसहित विश्व बैंक, एसियाली विकास बैंकलगायतका अन्तरराष्ट्रिय निकायसँग पनि अनुदान तथा ऋण सहयोगका लागि गरिनेछ । पुनर्निर्माणका अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने भएकाले सरकारले बजेट निर्माणका लागि पनि दाता सम्मेलन कुरेको छ।


  •  
  •  
  •