मोवाइल देखि गाडी उपहार, विदेश भ्रमणको अवसर

372
  •  
  •  
  •  

काठमाडौं, ४ असोज (ओएनएस) ः दशै नजिकिदै गर्दा वजारमा चहलपहल बढेको छ ।  उपभोक्ता र व्यापारी दुवै व्यस्त देखिन्छन् । उपभोक्तालाई नयाँ सामान खरिद गर्न चटारो छ भने व्यापारीलाई बढीभन्दा बढी सामान विक्री गर्ने ।

दशैमा आफ्नो व्यापार बढाउन व्यापारीले दैनिक उपभोग्य सामग्री देखि सवारी साधन तथा पेन्ट्समा ग्राहक आकर्षण गर्ने छुट योजना सार्वजनिक गरेका छन् ।

खाद्य पदार्थ मोवाइल,जुत्ता तथा मोटरसाइकल गाडीमा समेत यस्तो योजना रािखएको छ । त्यस्तै राजधानिका नाम चलेका व्यापारिक मलहले पनि यस्तो योजना सार्वजकि गरिसकेका छन् ।

काठमाडौं मल,भाटभटेनी,विग मार्ट,सिटी सेन्टर, वल्र्ड ट्रेड सेन्टरलगायतले विशेष छुट र उपहार योजना सञ्चालनमा ल्याएका छन् । दशैमो नयाँ सामान किन्ने प्रचलन रहेकोले व्यापारीले यस्तो मोका छोपेर उपभोक्ता लोभ्याउने योजना सार्वजनिक गर्छन ।

कुन सामग्रीमा कस्तो योजना

indexनेरोल्याक पेन्टले ‘घर रंगाऔ शाहरुख खानलाई भेट्ने सपना सजाऔ’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत २५ हजार भन्दा बढीको नेरोल्याक पेन्टको खरिदमा प्राप्त स्क्रयाच कार्डमा रहेको नम्वर (केएनपी स्पेस कोडनम्वर ) टाइप गरि ४५५५ मा एसएमएस गरी शाहरुख खानसँग भेट्ने अवसर प्राप्त गर्न सकिने बताइएको छ ।

‘हिमस्टार भुइँमै खुट्टा छैन’

हिस्टारको कुनै पनि टेलिभिजन, फ्रिज डिप फ्रिज, एयरकुलरलगायतको खरिदमा स्क्रयाचकार्डबाट रु १ हजारसम्मको छुट वा ३ जना ग्राहकलाइ  बजाज पल्सर १ सय ५० सीसी प्राप्त गर्न सकिने । त्यस्तै ३२ इन्च देखि ५० इन्चसम्मको एलइडी टेलिभिजनको खरिदमा  बजाज ब्राभो २जार मिक्सर ग्राइन्डर पाइन्छ ।
पशुपति पेन्ट्सको पक्का उपहार

दशै तथा तिहरको अवसरमा पशुपति पेन्ट्सले  पक्का उपहार योजना सञ्चालनमा ल्याएको छ । जसमा पशुपति पेन्ट्स खरिद गर्दा ५ सय ३५ सीसी को रोयल इनिफिल्ड क्याफेरेसर, महिन्द्रा रोडियो स्कुटर प्राप्त गर्न सकिन्छ । त्यस्तै काठमाडौं बैंकक दुइतर्फी हवाइ टिकट प्राप्त गर्न सकिने बताइएको छ  ।
केएल टावरको दशैतिहार योजना

चावहिलस्थित केएल टावरले पनि चाडपर्वको अवसरमा नयाँ योजना सञ्चालन गरेको छ । जसअन्तर्गत के एल टावरमा सामान खरिद गर्ने ग्राहकमध्येबाट १ जनाले हरेक दिन कलर्स स्मार्ट फोन प्राप्त् गर्न सक्नेछन् ।

त्यस्तै साप्ताहिक सामसुङ ४० इन्च एलइडी टीभी, सामसुङ रेफ्रिजेरेटर पाउन सकिन्छ । मासिक उपहारमा वाशिङ मेसिन प्राप्त गर्न  सकिन्छ । त्यस्तै वम्पर उपहार सुजुकी स्वीस र  एक जोडीले  बैकक घुम्न जान पाउनेछन् ।

टोयोटा वेष्ट दशै इभर टोयोटा गाडीको खरिदमा १ लाख ९० हजार रुपैयाँ छुट । त्यस्तै बर्जर पेन्टसको खरिदमा प्राप्त कुपन स्क्रयाच गरि गाडी जित्ने अवसर प्राप्त गर्न सकिन्छ ।

यता बाटाको जुत तथा चप्पलको खरिदमा १० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी भाटभटेनीले कुर्ता,सारी तथा अन्य कपडाको खरिदमा १० प्रतिशत छुट दिने भएको छ ।


  •  
  •  
  •