आज टीकाको दोस्रो दिन

181
  •  
  •  
  •  

काठमाडौं, १८ असोज (ओएनएस) :  दशैंको टीकाको दोस्रो दिन आज पनि आफ्ना मान्यजन र आफन्तबाट टीका थापेर आर्शिवाद ग्रहण गरिँदैछ । यो क्रम कोजाग्रत पूर्णिमासम्मै जारी रहन्छ । टाढा टाढाका आफन्तजन पनि दशैंका समयमा सकेसम्म सबैकहाँ पुग्ने प्रयास गर्दछन् ।

आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गर्दछ । लामो समय काम विशेषले भेट हुन नसकेकाबीच पनि भेटघाट हुने अवसर दशैंले उपलब्ध गराइदिन्छ ।
यसअघि हिजो बडादशैको दशौं दिन मान्यजनबाट टीका थापेर र आफन्तसँग हार्दिकता बाँडेर मनाइएको छ ।

यस अवसरमा घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजाआराधना गरिएको टीका, जमरा र प्रसाद आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइन्छ । मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास गरिन्छ ।

परिवारमा टीका लगाइ आफ्नो कुलकुटुम्बमासमेत टीका लगाउन जाने परम्परा छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दशैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिइन्छ ।

 


  •  
  •  
  •