यसपालीको दसैं परिवारसँग

97
  •  
  •  
  •  

 

tik and jamaraकाठमाडौं, १६ असोज (ओएनएस) : दशैं आफ्ना अग्रजबाट टिका तथा आर्शिवाद लिइ मनाउने पर्व हो ।

दशैंमा आफ्ना आफन्तजनकोमा जाने, मान्यजनबाट  आर्शिवाद लिने तथा भेटघाट गर्ने चलन छ । तर दशैं मनाउने सवैको आ आफ्नो तरिका तथा शैली हुन्छन् । दशैंमा कतिपयले साथिभाइसँग भेट्ने तथा घुम्न जाने गर्छन भने कतिपय आफ्नो परिवारसँग रमाउन चाहन्छन् ।

 

yam

उद्योग मन्त्रालयकी प्रवक्ता यमकुमारी खतिवडा यसपटक दशै झापामा मनाउने सुरमा छिन् । दशैका लागि अष्टमीको दिन आफ्नो घर झापा जाने उनी बताउँछिन् ।

‘आफ्नो परिवारसँग बसेर दशैं नमनाएको धेरै भयो यसपटक घरमै मनाउने छु’ उनले भनिन् । टिकालगाएर द्वादसीको दिन काठमाडौंमा फर्कने उनी बताउँछिन् । दशैंमा आफन्तजनकोमा जाने तथा आर्शिवाद लिने योजना रहेको छ ।

bharat achrya त्यस्तै पेट बोतल तथा क्लोजर उत्पादन संघका अध्यक्ष भरत आचार्य पनि यसपाली काठमाडौंमा नै दशै मनाउने सुरमा छन् ।

 

यसपालीको दशैं आफ्नो परिवारसँग मनाउन लागेको छु । यस पटक घुमघामको कार्यक्रम छै्न । ‘दशैको पुरै समय घरमै रहने उनको योजना छ । ‘कामको व्यवस्थताले आफ्नो परिवारको सवै सदस्यसँग अन्य समयमा बस्न पाइदैन त्यही भएर परिवारसँग बस्ने निणर्य गरेको’ उनी भन्छन् ।

यस दशैंलाई ‘फेमिली रियुनियन’ को रुपमा मनाउने । त्यस्तै आफ्ना साथिभाइसँग भेट्ने कार्यक्रम छ । यो दशै उनका लागि सवै भन्दा उत्तम फुर्सद हो । कामको प्रेसर पनि नभएकोले यस दशैं रमाइलो बन्ने छ ।

 

ranjit achryaयता प्रिज्म एडभटाइजिङका कार्यकारी निर्देशक रञ्जित आचार्य यस पटकको दशैं परिवारसँग घुम्न निस्किएका छन् ।

दशैंमा परिवारसहित सिंगापुर,मलेसिया र थाइल्याण्ड घुम्न गएका हुन् । ‘यस अघिका दशैंमा आफन्तजनसँग मनाइन्थ्यो , यस बर्ष नयाँ तरिकाले दशैं मनाउने योजना छ’ उनले भने ।

त्यस्तै दशैंमा खाली सडकमा गाडी चलाउने, साथिभाइसँग भेट्ने र रमाइलो गर्ने उनको शोख हो ।

 

 

 

 

 

 


  •  
  •  
  •