आज दसैंको दोस्रो दिन

600
  •  
  •  
  •  

काठमाडौं, १० असोज (ओएनएस) : नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपिठहरुमा पूजा आजा गरिँदैछ । नवदुर्गा भवानीको पूजा गर्ने गर्नेमा आज दशैंको दोश्रो दिन माता ब्रम्हचारिणीको पूजा गर्ने चलन छ ।
पूजाआजका लागि विहानैदेखि नजिकका शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ । बिभिन्न नदी, ताल तलाउमा गई नुहाएर पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको हो ।
बिभिन्न ठाउामा रहेका बिभिन्न देवी देवता तथा शक्तिपिठहरुका मन्दिरमा गई पुजाआजा गरिदै छ ।
नवरात्रको अवधि भर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र गरि ब्रत बस्ने प्रचलन पनि छ । नवरात्रमा ब्रत बस्नाले सोचेको मनोकामना पुरा हूने र मागेको कुरा पुरा हुने जनविश्वास छ ।

  •  
  •  
  •