दशैमा घर जान टिकट बुकिङ खुला

115
  •  
  •  
  •  

काठमाडौं २५ भदौं (ओएनएस) : दशैंमा घर जाने यात्रुका लागि बसको टिकट बुकिङ आज बुधबारदेखि खुला भएको छ । नेपाल यातायात व्यसायी राष्ट्रिय महासंघका अनुसार आज नयाँ बसपार्क गोंगबु र कलंकीबाट टिकट बुकिङ खोलिएको छ । आधिकारीक काउन्टरबाट बिहानदेखि बेलुका सम्म नै टिकट बुकिङ गर्न पाईनेछ ।

यात्रुलाई ठगिनबाट जोगाउन तोकिएको काउन्टरमा परिचयपत्र सहितका कर्मचारी खटाईएकाले बाहिरबाट र अनधिकृत व्यक्तिबाट टिकट नलिन यातायात व्यवसायीले आग्रह गरेका छन् । टिकट काटेपछि आफू जाने मिति, सिट नम्बर लगायतका कुरामा पनि ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । यात्रुलाई सचेत बनाउन प्रहरीले हेल्प डेस्क स्थापना गरी माईकिङ पनि गरेका छन् । बिहानैदेखि बसपार्कमा टिकट बुकिङ गर्नेको घुइचो देखिएको छ ।

सरकारले दसैं, तिहार र छठ पर्वका लागि आगामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अहिले काउन्टर पुग्ने यात्रुले टिकट सकिएको जबाफ पाउन थालेका छन्। यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो।


  •  
  •  
  •