दसैं बन्यो म्याद गुज्रेको सामान बेच्ने मौका

79
  •  
  •  
  •  

काठमाडौं, १२ असोज : राजधानीमा साना तथा मझौला ब्यापारीहरुले म्याद नाघेका समान दसैंको अवसर पारी बेच्ने गरेका छन् । वर्षभरि सबैभन्दा बढी कारोबार हुने समय दसैं, तिहार र छठमा ब्यापारीहरुले स्टक सामान सक्न म्याद गुज्रेको समान विक्री गरेको वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागको अनुगमनमा भेटिएको हो ।

दसैं, तिहार तथा छठलाई लक्षित गरी बढाइएको बजार अनुगमनमा ब्यापारीले म्याद गुज्रेका सामान बेचेको, मूल्यसूची नराखेको, नापतौल प्रमाण दर्ता नभएको, प्याकिङ् सामानमा लेवल नखुलाई विक्री गरेको, खरिद बिल नराखेको लगायत दर्जनौ कैफियत पाइएका छन् ।

विभागले बत्तिसपुतली, चाबहिल र डल्लुका खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोरमा गरिएको अनुगमनमा दर्जनभन्दा धेरै ब्यापारीकहाँ समस्या देखिएको  छ । विभाग निर्देशक पुरुषोत्तम सुवेदी र शाखा अधिकृत राजेन्द्र कार्कीको संयाजकत्वमा गरिएका छुट्टाछुट्टै बजारमा अनुगमन टोलीले म्याद नाघेका केही सामान नष्ट गर्न र मापदण्डभित्र रही कारोबार गर्न सुझाव दिएको छ ।

कारोवार दैनिकबाट


  •  
  •  
  •