दसैं सुरु,आज घटस्थापना

122
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) : हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । दसैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै । घटस्थापनाको सुभसाइत आज बिहान १० बजेर ४५ मिनेटमा रहेको छ ।  

आज हिन्दू धर्मावलम्बीहरूले माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राख्ने चलन छ । आ–आफ्ना पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र राखी पन्चरत्न चढाई शक्तिस्वरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरूबाट टीका ग्रहण गर्दा लगाइन्छ ।

दसैंको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरालाई प्रयोग गरिन्छ । भगवान् श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आवाहन गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा जमरा राख्ने गरिएको हो । आज घटस्थापनाको शुभसाइत बिहान १० बजेर ४५ मिनेट जाँदा उत्तम मानिएको छ ।

परम्पराअनुसार घटनास्थापनाको उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । नवरात्रिको उपलक्ष्यमा नेपालभर बिहान घरघरमा र भगवतीका मन्दिरहरूमा चण्डी र भगवती स्त्रोत्र पाठ गर्ने गरिन्छ ।


आज हिन्दु धर्मावलम्वीहरुले आ-आफ्नो  पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।


  •  
  •  
  •