काठमाडौं, ८ असोज (ओएनएस) : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपटकको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार दशैंको टिकाको साइत मिति ०७१ साल असोज १७ गते शुक्रवार विहान १०:१५ बजे शुभ रहेको छ । यसैगरी असोज ९ गते विहिवार विहान १०स्४५ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको पनि जनाएको छ ।
यस्तै असोज १५ गते बुधवार विहान ७:२५ बजे फूलपातीको साइत रहको र १७ गते नै विहान ९:५५ बजे देवी विसर्जन गरी १०:१५ बजे विजया दशमीको टिका लगाउन समितिले आग्रह गरेको छ । दशमीको दिन भरी नै साइतको टिका लगाउन सकिने समितिले जनाको छ । पालनेपाल