दसैंको लागि ६६ करोडको खसीबोका

1678
  •  
  •  
  •  

 khasibokaकाठमाडौं, १९ भदौ स् दसैंका लागि उपत्यकामा करिव ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् ।

खाद्य संस्थान र चौपाया ब्यवसायी संघ कलंकीले उक्त मुल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खबसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याईएको छ । आजको कान्तिपुरमा यो खबर छ ।

उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा १ हजार खरिद गरिनेछ । ब्यवसायीले खसीबोका र च्यांग्रा गरी गरिव ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छ ।

मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए ।  उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ । जसअनुसार करिब ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् ।


  •  
  •  
  •