आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

201
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस)आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर मनाईदैं छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आजबाट सकिदैंछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैं र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । आजको दिन ३१ घडी ५० पला चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्ने भएकाले मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज परेको नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

आज बेलुकी ६ बजेर ४४ मिनेटदेखि बुधबार दिउँसो ४ बजेर ४२ मिनेटसम्म पूर्णिमा तिथि भएकाले पूर्णिमा व्रतमात्र गर्नेले असोज २२ गते बुधबार पूर्णिमा व्रत बस्नु पर्ने पनि समितिले जानकारी दिएको छ । आकाशदीप बाल्ने र कात्तिक स्नान पनि भोलीदेखी नै सुरु हुने भएको भएको छ ।


  •  
  •  
  •