फूलपाती भित्र्याइयो

74
  •  
  •  
  •  

काठमाडौं, १५ असोज (ओएनएस)  बडादसैँको सातौँ दिन आज घरघरमा विधिपूर्वक नवपत्रिका अर्थात् फूलपाती भित्र्याइयो । नवपत्रिका अर्थात् फूलपातीका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याई शक्तिको प्रतीकका रुपम प्रत्येक फूलपातीमा छुट्टाछुट्टै देवीको पूजा गरियो ।

आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक सुरु गरिएको दुर्गापूजाका क्रममा महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा विशेषपूजाका लागि शुभ साइतस्वरुप नवपत्रिका अर्थात् पूmलपाती भित्र्याउने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
परम्परागतरुपमा हनुमानढोका दरबारमा भने आज अपराह्न गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइने कार्यक्रम रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहले जानकारी दिए ।
राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने समारोहमा राजा आफैँ उपस्थित हुने गरेकोमा गणतन्त्रको स्थापनापछि भने यो समारोहमा संस्कृति मन्त्रीको उपस्थिति हुने गरेको छ ।


  •  
  •  
  •