आज बडादसैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याइँदै

86
  •  
  •  
  •  

काठमाडौं, १५ असोज (ओएनएस): हिन्दुहरुको महान पर्व बडा दसैंको आज सातौं दिन अर्थात फुलपाती । आज हिन्दुधर्मावलम्वीहरुले धार्मिक परम्परा अनुसार घरघरमा फुलपाती भित्र्याउँदै छन् ।

उखुको बोट, बेलपत्र दारिम ,जयन्ती, धानकाबाला अशोकको पात, अदुवाको बोट र फलफुल आदीका नया“ पालुवालाई फुलपातीका रुपमा मानि दुर्गा भवानीको प्रतीकका रुपमा राखिएको दशैं घरमा विधिपूर्वक भित्र्याउने चलन रहेको छ । भगवतीको अन्य मन्दिरहरुमा पनि आजै फुलपाती भित्र्याउने गरिन्छ । आज देशभरका दसैंभरमा फुलपाति भित्र्याउने गरिन्छ ।

गणतन्त्रको स्थापनासँगै फुतपाती भित्र्याउने विधिमा समेत परिवर्तन आएको छ । अहिले नुवाकोट र गोर्खा दरबारबाट कर्मचारी खटाएर फुलपाती भित्र्याउने चलनको अन्त्य भएको छ ।

यसअघि दरबारको कर्मचारी खटाएर गोर्खा दरबारको दशैंघरबाट ल्याईएको फुलपाती हनुमानढोकास्थित दसैघरमा भित्र्याउने चलन थियो । फुलपातीलाई गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैघरका पुजारीसहित ६ जना मगर जातीका पुजारीले र त्यहा“देखी जमलसम्म काठमाडौबाट गएका पुजारीले बोकेर ल्याउने गर्दथे ।

धर्म निरपेक्ष राष्ट्र भएकोले राज्यले दशैंका लागि कर्मचारीहरु नखटाइएको जनाइएको छ । तर स्थानीय तहमा मन्दीरका पुजारीहरु र सम्बद्व गुठीहरुले भने विधिपूर्वक फुलपाती भित्र्याउने र अन्य परम्परालाई पनि निरन्तरता दिइने जनाइएको छ ।

फुलपातीको अवसरमा नेपाली सेनाले टुडीखेलमा बढाई समारोहको आयोजना गरेको छ ।

यसैबीच दसैं मनाउन गाउँघर जानेहरुको भिड समेत बढ्न थालेको छ । आजैदेखि सात दिन सम्मको लागि सरकारी दसैं विदा सुरु भएको छ ।


  •  
  •  
  •