१ सय ४६सभासदले विदा पाएनन् !

71
  •  
  •  
  •  

काठमाडौं, १२ असोज (ओएनएस) : सविधानसा अन्र्तगतका संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र संविधान मस्यौदा समितिमा रहने सभासदले छुट्टी नपाउने भएका छन् । संविधानका अन्र्तवस्तुमा सहमति जुटाउने जिम्मा पाएको संवाद समिति र नयाँ संविधानको मस्यौदा लेख्ने जिम्मेवारी पाएको मस्यौदा समितिले दसैं विदामासमेत काम गर्ने भएका छन् । ‘निर्वारित समयभित्र संविधान जारी गर्न अब दिन रात काम गर्नुपर्ने अवस्था भएकाले दसैंमा छुट्टि नदिइएको सभामुख निकट स्रोतले बतायो ।

सभामाुख सुवास नेम्वाङले कार्यतालिका अनुसार काम पुरा गर्न पनि संवाद समिति र मस्यौदा समितिका सदस्यहरुलाई यसपटकको दसैंमा घर नजान आग्रह गरेको बताए । अन्य तीन समितिका सदस्यलाई पनि फुलपातीका दिन गएर २१ भित्र काठमाडौं आइपुग्न आग्रह गरेको सभामुख नेम्वाङले जानकारी दिए । 

सभामुख सुवासचन्द्र नेम्वाङले समितिका सभापतिलाई तोकिएको समयभित्र संविधान जारी गर्न दसैंमा पनि काम गर्न आग्रह गरेका छन् । संवाद समितिलाई असोज १४ गतेसम्म विवादित विषयमा सहमति जटाउने समय दिइएको छ ।

‘दसैंमा पनि काम गरेर निर्धारित समयभित्र संविधान जारी गर्न पाइयो भने गर्वको कुरा हो, संवाद समिति सदस्य हरिचरण साहले भने,‘दसैंमा काम गरेर माघमा संविधान जारी गर्ने कार्यतालिका अनुसार काम गर्दा हामीलाई खुसी लागेको छ ।’

समितिले काम गरिहेका कारण दुवै समितिमा आबद्ध सभासद भने यसपटक काठमाडौंबाट गृह जिल्लाजानबाट बंचित हुने अवस्था आएको छ । कतिपय सभासदले त अहिलेसम्म टिकसमेत लिएका छैनन् । तर, सभासदहरुले भने दशैंमा आफूहरुलाई काठमाडौंमा राख्नुको कुनै औचित्य नहुने बताउँछ । अखण्ड नेपाल पार्टीमा सभासद कुमार खड्काले संविधानका मुख्य विवादित विषयमा अहिलेसम्म छलफल प्रारम्भ नभएको भन्दै सभासदलाई घरजानबाट रोक्नुको कुनै अर्थ नहुने बताए । ‘

सहमतिका नाममा दिनैपिछे छलफल हुने तर, सहमति नहुने समस्या अहिले पनि छ, उनले भने,‘यस्तो अवस्थामा सभासदलाई घरजानबाट रोक्नुको कुनै अर्थ छैन।’
संवाद समिति र मस्यौदा समितिमा गरी कुल एक सय ४६ सभासद रहेका छन् । संवाद समितिमा भने संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता सदस्य छन् ।


  •  
  •  
  •