असोज ५ देखि अग्रिम टिकट बुकिङ

240
  •  
  •  
  •  

काठमाडौं । आगामी असोज ५ गतेदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ गतेदेखि टिकट खुलाउने निर्णय गरेको हो ।

यस वर्षको दसैंका लागि नयाँ बस भने नथपिने भएको छ । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैँतिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिए ।

यस्तै विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ । त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ । सो समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक सुधारका लागि आग्रह गरे ।


  •  
  •  
  •