बडा दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजाआजा गरिँदै

95
  •  
  •  
  •  

काठमाडौं । आज बडा दशैंको पाँचौं दिन । देवीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा गरिँदैछ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ ।

शिवको पसीनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ ।

स्कन्दमाताका भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । नवरात्रका अन्य दिनझैं देवी भक्तिका लागि भक्तजनहरु देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन् ।


  •  
  •  
  •