साढे नौ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही

473
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँमा साढे नौ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही भएको जनाएको छ ।
नयाँ र सुकिला गरेर केन्द्रीय बैंकले नोट सटही गरेको हो ।

बैंकले दशैँमा पाँच, १०, २०, ५० र सय रुपैयाँ दरका नोट सटही गरेको गरेको थियो । बैंकका अनुसार गत वर्षको भन्दा यो तीन अर्ब कम सटही भएको छ ।
यस दसैँमा नयाँ नोट छापिएर समयमा नपुग्दा राष्ट्र बैंकले सटही सीमा घटाएको थियो ।

नोटलाई जतन गरौँ भन्दै नयाँ र सुकिला नोटहरु सटही गरिनुका साथै नयाँ नोट कोलकाता बन्दरगाहामै रोकिँदा राष्ट्र बैंकले सुकिला नोटलाई प्राथमिकता दिने नीति लिएको थियो ।


  •  
  •  
  •