दशैंलाई कृषिमय बनाऔं

193
  •  
  •  
  •  

दशैं पारिवारीक जमघटको एक अवसर हो । दशैं विशेषतः खानाको विविध परिकार बनाउने र चाख्ने अवसर पनि हो ।
त्यसको लागि कृषिसँग जोडिएर आफ्नो दिनचर्यालाई जोड्न सक्यो भने अझ उर्जाशिल बनाउन सकिन्छ ।

मेरो अनुभवमा बगैंचामा काम गर्दा मनोवैज्ञानिक थेरापीको काम गर्दछ । जब म माटो, बोटबिरुवा, फलफूल लगाउने, स्याहार गर्ने, फलेको कुरा टिप्छु, अति नै आनन्द महसुस गर्छु ।

(तस्बिरमा घरबगैंचा)

म बगैंचामा रमाएको देख्दा मेरी छोरीले भन्छे, आमालाई बारीमा कतिवटा किरा छ भनेर पनि थाहा छ । यसरी बगैंचामा काम गर्दा शारीरिक व्यायाम पनि हुन्छ । माटोसँगको सामिप्यताले प्रकृति र दिगोपनप्रति प्रतिबद्ध हुन मदत्त गर्दछ ।

म मेरो भान्छा र बारीबाट निस्कने कुहिने खालका केहीपनि फाल्दिन, सबै मल बनाउन प्रयोग गर्छु ।

(तस्बिरमा बारीमा बनेको कम्पोष्ट निकाल्दै)

यसले चाडको बेलामाफोहर संकलक आएन, फोहोर थुप्रियो भन्ने चिन्ता कहिले पनि हुँदैन । दशैं भनेको विभिन्न परिकार बनाउने र आफ्नो पाककलालाई निखार्ने अवसर पनि हो ।

(तस्बिरमा कागुनोको सलाद)

यसरी पकाएको परिकार परिवार र आफन्तसँग बाँडेर खानपाए झनै राम्रो । यसको साथै बगैंचाबाट प्राप्त हुने ताजा उपज टिपेर पकाउनेर स्वस्थ्य खाने अवसरबाट हुने मनोवैज्ञानिक सन्तुष्टि त कता हो कता ? यस्ता ताजा र प्रांगारिक खाना छिटो पाक्ने हुँदा समय र इन्धनको पनि बचत हुन्छ । स्वादको त कुरै नगरौं ।

बगैंचा हुनुको अर्को फाइदा भनेको चाडबाडमा हुने अत्याधिक मुल्य वृद्धिको मारबाट बच्नु ।
भान्छामा नभइ नहुने खालका बालीहरु मिलाएर रोप्न सकेको खण्डमा भान्छामा लाग्ने खर्चको ब्यापक कटौती गर्न पनि सकिन्छ ।

(तस्बिरमा बारीको कागती) ।

चाडवाडलाई महंगो नपार्न सानो सानो तरिकाले पनि परिवारलाई सहयोग गर्न सकिन्छ । यसका साथै बारीमा फूल लगाउनाले सुन्दरता दिने मात्रै नभई तरकारीमा लाग्ने विभिन्न किराहरुलाई भगाउन पनि मदत्त गर्दछ ।

 

(तस्बिरमा सयपत्रीफूल) ।

यो प्रकृयामा केटाकेटीलाई संलग्न गराउँदा उनीहरुलाई प्रकृति, कृषि, माटो, खाना, संस्कृति बिचको सम्बन्धबारे बुझाउने अवसर मिल्दछ ।
उनीहरुलाई प्रोत्साहित गर्न एउटा गमला र धनियाको बीउ दिनुहोस् र छर्न अनि दिनहुँ रेखदेख गर्न लगाउनुहोस् ।
धनिया टिप्ने बेला भएपछि उनीहरुलाई नै टिप्न लगाउनुहोस् अनि किनिदिनुहोस्, जसले उनीहरुको श्रमको कदर पनिहोस् र कृषिमा भबिष्य देखोस् ।


  •  
  •  
  •