दशैँ तिहारमा व्यायाम नभुलौँ

151
  •  
  •  
  •  

योगा मानव जीवनमा अपरिहार्य बनेको छ । खानपान, सुखसयल र तनावपूर्ण कामका कारण हामीलाई विभिन्न रोग लाग्ने जोखिम हुन्छ । त्यसैमा नियमित शारिरीक व्यायाम कमीले झन विभिन्न रोगको संक्रमण हुनसक्छ ।
स्वास्थ्य समस्या भएर अस्पताल गयौँ भने नियमित रुपमा शारिरीक व्यायामको कमी भएको भनेर चिकित्सकले भन्ने गर्छन् ।

उनीहरूको सुझाव हुन्छ–बिहान छिटो उठ्ने, छिटो हिँड्ने वा शारिरीक व्यायाम गर्ने । त्यसमा पनि शरिरबाट पसिना निकाल्ने गरी हिँड्ने, व्यायाम गर्नु उत्तम हुन्छ । यसले मोटोपन जस्ता रोगको संक्रमणबाट बचाउँछ ।
व्यस्त, अस्तव्यस्त बनिरहेको जीवनशैलीमा शारिरीक व्यायाम अनिवार्य जस्तै छ ।

अर्काे कुरा चाडपर्वको समयमा चिल्लो, पिरो अमिलो, माछामासु धेरै खाने गरिन्छ, यो गलत हो । हामी योगा व्यायाम नै कम गर्छौ, योगा गर्न जाँगर चलाउँदैनौँ । हामी बढी सुत्न मन पराउछौँ ।

त्यसैले हामीलाई अनेक थरी रोगले च्यापेको हुन्छ । खानपानमा ध्यान दियौँ र नियमित शारिरीक व्यायाम ग¥यौँ भने स्वस्थ्य रहन मदत्त पुग्छ । दशैँतिहार जस्ता चाडपर्वको बेला खानपानमा आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरूरी हुन्छ ।


  •  
  •  
  •