दशैँ अनि गीत–संगीत

76
  •  
  •  
  •  

दशैँ नेपालीहरूको ठूलो पर्व हो । त्यसमा पनि हिन्दू धर्मावलम्बीको ।

नेपालका थुप्रै कलाकारले दशैँसँग सम्बन्धीत गीतहरू निकाल्नु भएको छ । स्वर सम्राट नारायण गोपालले पनि दशैँको गीत गाउनु भएको छ ।

म काठमाडौंको रैथाने नेवार समुदायको व्यक्ति हुँ । यो महिना नेवारहरूको नवौँ महिना हो । नवौँ महिनालाई गुँलाथ्वः पर्व भनिन्छ । यो पर्वमा महिलाले मात्रै ठूलो धीमे बाजा बजाएर स्वयम्भूको उकालो चढ्ने परम्परा छ । उकालो बजाइने रागरागिनीहरू दशैँमा आधारित छ । विशेष त दशैँमा तीनवटा चिज जोडिन्छ ।

एउटा त यो सांस्कृतिक पर्व पनि हो । अर्काे कुरा हामीले अलिकति भारतीय परम्परालाई पनि अनुशरण गरेका छौँ । जसले गर्दा दशैँमा काटमारको परम्परा पनि आयो । कुनै पनि पर्वमा हिंसा नभइदिए राम्रो त्यति मात्र हो ।
सांस्कृतिक रुपले मलाई दशैँ एकदमै राम्रो लाग्छ । कलाकारको जगत सानो छ, विदेशमा दुःख गरिरहेकाहरूले दसैँमा कलाकारलाई कार्यक्रम गर्न लगाउँछन् ।

हामी कलाकारले कुनै गुजराती, कोरियन वा जापानिजलाई कार्यक्रम देखाउने होइन । २४ घन्टामा २२ घन्टा काम गरेर दुःख गरेका नेपालीलाई कार्यक्रम देखाएर अलिकति पैसा बचाएर ल्याउने हो ।

लोक आधुनिक संगीतको पहिलो गायक मित्रसेन थापा मगरले पनि ‘धानको बाला झुल्यो, हजुर दशैँ रमाइलो’ बोलको दशैँको गीत गाउनु भएको छ । तर, दशैँको एउटा मूल पक्ष भनेकोे चार्डपर्वको मात्र गीत आउँदा जस्तो ‘आमा यसपाली दसंैमा म आउन पाउँदिन’ भन्ने गीत सुने पनि एउटा सैनिकको जीवन कति दुःखदायी हुन्छ । जस्तो ‘यसपाली पनि माइतीले मलाई बोलाएनन्’ बोलको गीत तारा दिदीको हो। यसले हाम्रो दशैँलाई पारिवारिक सम्मेलन हुने पर्व हो भनेर संकेत गर्छ । नेपाली सेनाले पनि दशैँँको राम्रो गीत पनि बनाएको छ ।

मलाई दशैँ भन्ने वित्तिकै महालक्ष्मी धुन सम्झना आउँछ। त्यसपछि ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो’ बोलको गीत छ । यो गीत सम्पूर्ण रुपमा नै दसैँमा गाइने गुलाब भजनको मालश्री धुनमा आधारित छ । नारायण गोपाल र दिलमाया खातीको ‘विछोडको पीडा नसकी खप्न दशैँैको बेलामा’ बोलको गीत चाहिँ मलाई असाध्यै मन पर्छ ।

आजसम्म बनेका दशैँंका गीतहरू तीजको गीतजस्तो लापरवाही तरिकाले बनेका छैनन् । जस्तो, तीजमा महिलाले अलिकति स्वतन्त्रता खोजेका पनि हुन सक्छन्, एउटा अधिकारको प्रयोग गरिएको पनि होला । त्यसैले पनि तीजको गीत दशैँको भन्दा धेरै बन्छन् ।

तिहारको त अहिलेसम्म बनेकै छैन । त्यहिँ दुइटामै सीमित छौँ । तर, दशैँको गीत राम्रो बन्न नसक्नुको कारण चाहिँ यो महिना राजको हिसाबले एकदमै गाह्रो महिना पनि होला । जस्तो रत्न शमशेर थापा, अम्बर गुरूङ र दीप श्रेष्ठ मिलेर ‘दोभान’ एल्बममा ‘डाँडाभरि फुल्यो होला सयपत्री डाक्छन् आज गाँउघरको परेली’ बोलको गीत पनि छ । त्यसमा ‘ततत हुइइइ’ भन्ने र पिङ खेलेको प्रशंग पनि छ, त्यस्तो गीत बन्न जरूरी छ ।

यस्तो गीत अचेल किन बनेनन् भन्दा सरकारले ध्यान दिएन भन्छौँ । मलाई सरकार दोषी हो जस्तो लाग्दैन । यहाँ यति धेरै रक्सी र बियरका कम्पनी छन्–यिनिहरूले बेलाबेला विभिन्न किसिमका मेला गर्छन् तर दसंैका लागि लगानी गर्दैनन् ।

दशैँलाई लक्षित गरेर फरक खालको गीत आवश्यक छ । जस्तो, दशैँैँँको नवमी, दशमीको गीत हुन्छ त्यस्ता गीत बनाए राम्रो हुन्थ्यो । विडम्बना बन्दैनन् । कुनै बेला भर्खरै निजी कम्पनी शुरु भएका बेलामा सबै कलाकारलाई बोलाएर गीत बनाइएको थियो । तर त्यस्तो गीत अहिले रेकर्ड छैन ।

गीत–संगीतले संकृति धान्ने भन्ने कुरा चाहिँ तीनवटा पक्ष हेर्नुपर्छ । एउटा मूर्त कला र अर्मूत कला छोडेर समाज पनि हो। मूर्त कलाले जहिले पनि संस्कृति धानेको छ । चाहे टंकेश्वरी भनौँ वा चाहे विजेश्वरी मन्दिर, यी ठाउँले मूर्तकला धानेकै छ । तर हामीले अमूर्तकला भनेर जुन सांगीतिक कला, चित्रकला आदि हुन् ।
खोइ त हामीले दशैँको बेला चित्रकला प्रदर्शनी गरेको ।

दशैँको बेला स्थानीय तहले बालबालिकालाई पिङ खेल्ने ठाउँ बनाइदिनु पर्दैन ? भएको खुला ठाउँ पनि नगरपालिका, गाउँपाललिकाले ओगटेका छन् ।

काठमाडौंमै खोइ त बच्चाहरूले पिङ खेल्ने ठाउँ ?

यति समस्याका बाबजुँद पनि कलाकारले जे काम गरिरहेका छन् ती महत्वपूर्ण छन् । दशैँ आइसकेपछि सञ्चार माध्ययममा पनि त्यही अनुसारको गीत बजाउँदा राम्रो हुन्छ ।

हामी सबै पैसामूखी भयौँ, जस्तो एउटा फिल्म निर्देशकले फिल्म कहिले चलाउने भनेर दशैंलाई लक्षित गरेर बस्छ । पैसा कमाउन दसैँ चाहिने तर दशैँका लागि चाहिँ संस्कृति ‘रिहोल्ड’ गर्ने काम भयो ? त्यो भएन ।

(सायमीसँगको कुराकानीमा आधारित)


  •  
  •  
  •