काठमाडौं ४ भदौं । राधे भन्ने राधाकृष्ण भण्डारीलाई खुँडा हानी हत्या प्रयास गरेको अभियोगमा फरार रहेका अजय कुमार कार्की उर्फ डार्लिङ पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई आज पक्राउ गरेको हो। २०७० पुष १४ गते बनस्थलीमा भण्डारीलाई दिनेश अधिकारी ‘चरी’को नेतृत्वमा गएको टोलिले खुँडा प्रहार गरेको प्रहरी रेकर्डमा उल्लेख छ। प्रहरी रेकर्ड अनुसार मकवानपुर चुरीमाई २ का ३३ बर्षीय कार्की चरी समूहका सदस्य हुन्। अपराध महाशाखाका अनुसार कार्की विभिन्न ठेकेदारलाई धम्क्याएर पैसा लिने, जग्गा ब्यापारीलाई धम्क्याउने, रेष्टुरेन्टमा धम्क्याएर सेयर लिने लगायतका अपराधमा संलग्न छन्। अपराध महाशाखाका एसएसपी पुष्कर कार्कीले अजय कुमार कार्की पक्राउ परेको पुष्ट्रि गर्दै अनुसन्धान सुरु गरिएको जनाए। नागरिकबाट