ठेकदारले लापर्वाही गरेको भन्दै दार्चुलामा विरोध प्रदर्शन

83
  •  
  •  
  •  

दार्चुला । ठेकदारले लापर्वाही गरेको भन्दै दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न.६ पनेबाजमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीयबासी बिरोध प्रदर्शनमा उत्रिएका छन् । स्थानीयहरुले पहिलो दिन एक घण्टा सडक चक्काजाम र पनेबाज बजारसमेत बन्द गरि शान्तीपूर्ण आन्दोलन गरेका छन् ।

प्रदर्शनमा स्थानीयहरुले ‘ हाम्रो माग पूरा गर, विद्युत जडानमा भेदभाव गर्न पाइदैँन, मेरो प्रश्न नेतालाई बिजुली कहिले जनतालाई, उज्यालो नेपाल भएन बिजुली बाल्न पाएन’ जस्ता नारा लेखिएको व्यानर बोकेका थिए । विगत तीन वर्ष पहिले नै पोल गाड्ने काम गरेपनि धेरै जसो ठाउँमा लाइन बिस्तार गरिएको छैन।

ठेकेदार र बिद्युत प्राधिकरणको लापर्वाहीका कारण गाउँमा बिजुली नबालेको भन्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलनका संयोजक जगदीश सिंह धामीले बताए । जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले यय अघि कार्तिक २४ गते लक्ष्मी पूजाको दिनसम्म विद्युत बाल्न नेपाल विद्यूत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई २८ जनाको हस्ताक्षर निवेदनमार्फत अल्टिमेटम दिएका थिए।

चमेलिया विद्युत छेउमै हुँदा पनि हालसम्म विद्युत बाल्न नसक्नु विद्युत प्राधिकरण र ठेकेदारको चरम लापर्वाही भएको स्थानीयहरुले बताएका छन्।


  •  
  •  
  •