भिट्टोरीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

210
  •  
  •  
  •  

Cricket World Cupकाठमाडौं, १७ चैत (एजेन्सी) : न्यूजिल्याण्डका पूर्वकप्तान ड्यानियल भिट्टोरीले अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । विश्वकप क्रिकेटअन्तर्गत अष्ट्रेलियासँगको फाइनल खेलपछि स्पीनर भिट्टोरीले सन्यासको घोषणा गरेका हुन् ।

खेलमा न्यूजिल्याण्ड ७ विकेटले पराजित भएको थियो । मेलवर्न क्रिकेट मैदानमा उत्रिएसँगै भिट्टोरीले आफ्नो १८ वर्षे खेल जीवनलाई बीट मारेका हुन् ।

भिट्टोरीले भने, ‘त्यो खेल मेरो अन्तिम खेल थियो, फाइनल खेल्दै खेल जीवन अन्त्य गर्न पाउन खुसिको कुरा हो । तर जीत हात पार्न सकिएको भए बढि नै उत्तम हुने थियो । ’

३६ बर्षिया भिट्टोरीले सन् १९९७ देखि न्यूजिल्याण्डको लागि खेल्न थालेका थिए । १८ बर्षको उमेरमा टेस्ट खेलमा डेब्यु गरेका भिट्टोरी न्यूजिल्याण्डको लागि सबैभन्दा कम उमेर टेस्ट खेल्ने खेलाडी बनेका थिए ।

उनी न्यूजिल्याण्डको टेस्ट टिमको लागि सबैभन्द बढि ११२ खेल खेल्ने खेलाडी समेत हुन् । उनले चार हजार टेस्ट रन र ३ सय टेस्ट विकेट समेत पुरा गरेका छन् ।

न्यूजिल्याण्डको लागि उनले ३६१ टेस्ट विकेट लिएका छन् । यस्तै उनले २९५ एकदिवसीय खेल खेल्दै ३९५ विकेट समेत लिएका छन् । सन् २००३ को विश्वकपदेखि २०१५ को विश्वकपमा न्यूजिल्याण्डको टिममा रहेका भिट्टोरीले ३२ विश्वकपका खेल खेल्दै ३६ विकेट लिएका छन् ।

सन् २००७ देखि २०११ सम्म भिट्टोरीले ३२ टेस्ट र ८२ एकदिवसीय आफ्नो कप्तानी सम्हालेका थिए । भिट्टोरीले ३४ टी–ट्वान्टी खेल्दा ३८ विकेट समेत लिन सफल भएका छन् ।


  •  
  •  
  •